पक्राउ परेका पूर्वमन्त्री खड्का पनि अस्पताल भर्ना

काठमाडौँ, १६ चैत । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्व ऊर्जामन्त्री दिपक खड्का अस्पताल भर्ना भएका छन् ।
आइतबार पक्राउ परेका खड्का स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन् । अस्पताल स्रोतका अनुसार उनलाई बेड नम्बर १०२९ मा भर्ना गरिएको छ ।
उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिइसकेको छ ।
गत भदौमा भएको जेन-जी आन्दोलनका क्रम उनको घरबाट ठुलो परिमाणमा रकम भेटिएको थियो । सोहि विषयमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको हो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



