प्रदेश अस्पतालका करार चिकित्सकको तलब भत्ताका लागि अर्थद्धारा ७० करोडभन्दा बढी बजेट निकासा

1.0k
Shares

काठमाडौं, १५ चैत । अर्थ मन्त्रालयले प्रदेश सरकार मातहतका अस्पतालहरूमा छात्रवृत्ति करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको तलब भत्ता भुक्तानीका लागि ७० करोड २१ लाख ७८ हजार रुपैयाँ बजेट निकासा गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावअनुसार अर्थले गत १५ फागुनमा उक्त रकम वित्तीय हस्तान्तरणका रूपमा स्वीकृत भई सातै प्रदेश सरकार अन्तर्गत स्वास्थ्य विषय हेर्ने मन्त्रालयहरूमा पठाइ सकिएको स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए ।

उनले बजेट निकासासंगै सम्बन्धित प्रदेशका स्वास्थ्य मन्त्रालयहरूलाई तलब भत्ता व्यवस्थापन गर्न आवश्यक समन्वय तथा सहजीकरण गर्न आग्रह गरिएको जानकारी दिए ।

यो निकासाले लामो समयदेखि करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले भोग्दै आएको तलब भुक्तानीसम्बन्धी समस्या समाधान हुने अपेक्षा गरिएको बताए ।

कहाँ कति पठाइयो ?

कोशी प्रदेशमा – ७ करोड ३ लाख,
मधेश प्रदेशमा – ५ करोड ४९ लाख ८७ हजार,
बाग्मति प्रदेशमा – १९ करोड ५० लाख,
गण्डकी प्रदेशमा – ७ करोड ९८ लाख ३६ हजार,
लुम्बिनी प्रदेशमा – ६ करोड २५ लाख ५५ हजार,
कर्णाली प्रदेशमा – १९ करोड ७० लाख,
सुदूरपश्चिम प्रदेशमा – ४ करोड २५ लाख रुपैयाँ

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *