स्वास्थ्य शिविरमा चार सय जनाको निःशुल्क उपचार

64
Shares

पर्वत, १५ चैत । फलेवास देवीस्थानस्थित जनता माध्यमिक विद्यालयमा आयोजना गरिएको स्वास्थ्य शिविरमा करिब ४ सय जना बिरामीले परीक्षण गराएका छन् ।

शिविरमा मुटुरोग विशेषज्ञद्वारा मुटुसम्बन्धी विस्तृत परीक्षण, मधुमेह तथा रक्तचाप परीक्षण, सामान्य रोगको परीक्षण तथा परामर्श तथा कार्डियो डाइबेटिकसम्बन्धी विशेषज्ञ परामर्श दिइएको थियो ।

चालीस जना चिकित्सकको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।

ग्लोबल समाज पर्वतका महासचिव कमल लामिछानेले भने, “हामी विदेशमा रहे पनि हाम्रो भावना सदैव हाम्रो जन्मभूमिप्रति नै केन्द्रित छ । हामी जहाँ रहे पनि यहाँ रहनुभएका हाम्रा बुबाआमा तथा दाजुभाइ दिदीबहिनीका खातिर केही न केही योगदान गर्दै आइरहेका छौँ ।”

विगतमा भूकम्प, कोभिड–१९, शिक्षा, स्वास्थ्यलगायतमा ठूलो आर्थिक तथा भौतिक सहयोग गर्दै आइरहेको समाजले हाल मात्रै प्रदेश अस्पताल पर्वतमा करिब रु ४० लाखको लागत बराबरको काम पूरा गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *