नेपाललाई आरोग्य पर्यटनको हब बनाउने सरकारको योजना

अर्को वर्ष देखि 'नेपाल वेलनेश इयर' मनाउने
96
Shares

काठमाडौँ, १४ चैत । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले आज सार्वजनिक गरेको शासकीय सुधार सम्वन्धी १०० वटा कार्यसूचीमा नेपाललाई आरोग्य पर्यटनको हव बनाउने योजना उल्लेख गरिएको छ ।

७३ औँ बुँदामा पूर्वीय दर्शन, ध्यान, योग, प्राकृतिक चिकित्सा लगायत)को हव बनाउन १५ दिन भित्र आरोग्य पर्यटन रणनीति जारी गर्ने उल्लेख गरिएको छ ।

यस्तै नेपालको प्रस्तावमा राष्ट्रसंघले १५ अप्रिललाई अन्तराष्ट्रिय आरोग्य दिवस मनाउने निर्णय गरेकोमा उक्त प्रस्तावमा मतदान गर्ने सबै सदस्य राष्ट्रलाई धन्यवाद ज्ञापन गर्ने समेत उल्लेख छ ।

यसैगरी आरोग्य पर्यटनलाई आर्थिक रुपान्तरणको राष्ट्रिय एजेण्डको रुपमा लिई ‘नेपाल वेलनेश इयर -२०२७’ मनाउन अन्तर निकाय समन्वय संयन्त्र बनाउने समेत उल्लेख गरिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *