फार्मेसी सहायकको लाइसेन्स परीक्षामा ५३ प्रतिशत उत्तीर्ण

152
Shares

काठमाडौँ, १४ चैत । नेपाल फार्मेसी परिषद्ले आज सञ्चालन गरेको फार्मेसी सहायकको नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

परिषद्का रजिष्ट्रार सञ्जीवकुमार पाण्डेयका अनुसार परीक्षामा ५३.३५ प्रतिशत उत्तीर्ण भएका छन् ।

उनले परीक्षाका लागि फारम भरेका २ हजार २ जनाको आवेदन स्वीकृत भए पनि परीक्षाका बेला १ हजार ९२३ जनाको सहभागिता भएको त्यसमध्ये १ हजार २६ जना (५३.३५ प्रतिशत) उत्तीर्ण भएको जानकारी दिए ।

विहान देखि सञ्चालित परीक्षाको नतिजा परिषद्ले २२० औं बैठकद्धारा नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो ।

परिषद्ले लिएको यो ३० औँ नाम दर्ता परीक्षा हो ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *