पदवहालीका क्रममा कुनै निर्णय गरिनन् नवनियुक्त स्वास्थ्य मन्त्री मेहताले

100
Shares

काठमाडौँ, १३ चैत । यसअघि बनेका प्राय स्वास्थ्य मन्त्रीहरुले पदबहालीका बेला एक दुईवटा निर्णय गर्ने गर्दथे । यो हरेक मन्त्रालयको प्रचलन जस्तै थियो । तर यसपटक नियुक्त भएकी मन्त्री निशा मेहताले भने सो प्रचलनलाई भंग गरेकी छन् ।

शुक्रबार राष्ट्रपतिबाट सपथ खाएर पदबहालीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेकी नव नियुक्त स्वास्थ्य तथा जनसंख्या, खानेपानी मन्त्री निशा मेहताले कुनै निर्णय गरिनन् । बरु परिचयात्मक कार्यक्रममा पत्रकारको जिज्ञासालाई मेटाउँदै भनिन्, ‘म अहिले बुझ्न बाँकी नै छ, अलि बुझेर मात्रै निर्णयमा हस्ताक्षर गर्नेछु ।’

त्यस अघि उनले परिचयका क्रममा आफू नर्सिङ व्याकग्राउण्डको भएको बताएकी थिइन । ‘मैले नर्सिङमा एमएस्सी गरेको छु । मेरो उदेश्य आम नागरिकले सहज उपचार सेवा पाओस उपचार नपाई कोही पनि मृत्युवरण गर्न नपरोस भन्ने हो,’ उनले भनिन् ।

मन्त्री मेहताले नर्सिङ क्षेत्रको समस्या, खासगरी जनशक्ति पलायनमा रोक्नका लागि पनि आफूले पहल गर्ने बताईन ।

सञ्चारकर्मीको एक प्रश्नको जवाफमा मन्त्री मेहताले अस्पताल तथा स्वास्थ्य संस्थामा हुने खरीदलाई व्यवस्थित गर्ने र खरीदकै लागि भन्दा पनि मर्मतसंहारका लागि पनि बजेट विनियोजन गर्न आवश्यक रहेको उल्लेख गरिन । उनले भनिन्, ‘हामीकहाँ नयाँ खरीद गर्नलाई प्राथमिकता दिन्छौँ तर मर्मत गर्नका लागि बजेट नै हुँदेन । मर्मत गरेर पनि धेरै मेसिनहरु चल्छ । मेरो ध्यान त्यसतर्फ पनि छ ।’

मन्त्रालयमा सम्छिप्त मन्तव्य पछि उनी पहिलो मन्त्रिपरिषद् बैठकमा सहभागी हुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तर्फ गईन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *