नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्ट्रारको जिम्मेवारी रविकान्त मिश्रलाई

572
Shares

काठमाडौँ, ११ चैत । नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्ट्रारको जिम्मेवारी रविकान्त मिश्रले पाएका छन् । त्यहाँका रजिष्टर लिलानाथ भण्डारीको चार वर्षे कार्यकाल गत सोमबार (९ चैत)मा सकिएको थियो ।

स्वास्थ्य मन्त्री डा सुधा गौतमले गत ६ चैतमा मन्त्रीस्तरीय निर्णय गर्दै मिश्रलाई अर्को व्यवस्था नभएसम्म कामकाज गर्ने गरी रजिष्ट्रारको जिम्मेवारी दिने निर्णय गरेकी थिईन ।

स्वास्थ्य मन्त्रालयको नीति योजना महाशाखामा कार्यरत मिश्र आज दिउसो परिषद्मा पुगेर जिम्मेवारी सम्हालेका छन् ।
‘अहिले अर्को व्यवस्था नहुँदासम्मका लागि भनेर मलाई जिम्मेवारी दिइएको हो । आजबाट मैले जिम्मेवारी सम्हालेको छु,’ मिश्रले नेपाली हेल्थसंग भने ।

गत २१ फागुनमा भएको निर्वाचनबाट बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबारबाट सरकार सञ्चालन गर्दैछ ।

शुक्रबार रास्वपा बरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा नयाँ मन्त्रिमण्डल बन्ने निधो भइसकेको छ । नयाँ सरकार बनेपछि प्रतिस्पर्धामार्फत नयाँ रजिष्ट्रार पूर्ण कार्यकालका लागि आउने अनुमान गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *