दन्त उपचारमा लापर्वाही ठहर गर्दै काउन्सिलद्धारा चिकित्सक निलम्बन

884
Shares

काठमाडौँ, ९ चैत । दन्त उपचारमा गम्भीर लापरवाही गरेको ठहर गर्दै नेपाल मेडिकल काउन्सिलले एक जना दन्त चिकित्सकलाई एक हप्ताका लागि निलम्बन गर्ने निर्णय गरेको छ।

काउन्सिलको गत २८ फागुनमा बसेको पूर्ण बैठकले मीनभवनस्थित डेन्टल भिजन प्रालिमा कार्यरत डा. अजय कुमार साह (नेमका दर्ता नं २७०५) लाई सेवाबाट एक साताका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।

डा साहमाथि कार्वाही गर्नु अघि काउन्सिलले उनको बिरुद्धमा एक उजुरी प्राप्त गरेको थियो । सो उजुरी उपर छानवीन गर्ने क्रममा काउन्सिलले उपचारमा त्रुटि भएको भन्दै निलम्बनको निर्णय गरेको हो ।

घटना के थियो ?

घटना एक वर्ष अघिको हो । गतवर्ष चैत ५ गते काठमाडौँको कुलेश्वर निवासी एक २६ वर्षीया महिला अत्यधिक दाँत दुखेपछि मीनभवनस्थित डेन्टल भिजन प्रालि पुगेकी थिईन । त्यहाँ पुगेर उनले डा साहसंग चार चरणमा उपचार गराएकी थिईन ।

सुरुवाती तीन चरण सामान्य रुपमा भए पनि चौथो चरण भने अत्यन्त पिडादायक भएको बताएकी थिईन ।

काउन्सिलमा गरेको उजुरीमा ती महिनाले आफूलाई कुनै एनेस्थसिया नदिई उपचार गरेको दावी गरेकी थिईन ।

चिकित्सकले बारम्बार एक्सरे गरेको सो क्रममा पीडा निकै भएको समेत उनले उजुरीमा लेखेकी थिईन ।

ती महिलाले त्यसपछि गिजामा संक्रमण, सुजन र असहजता देखिएको र ७ बैशाख २०८२ मा सुनिएको दाँत लिएर क्लिनिमा जाँदा डा साहले सामान्य समस्या भन्दे गम्भीर रुपमा नलिएको आरोप लगाएकी थिईन ।

आफूले डा साहबाट राम्रो रेस्पोन्स नपाएपछि अन्य चिकित्सकसंग उपचारका लागि पुगेको त्यहाँ जाँदा आरसीटी अपुरो भएको कारण केश बिग्रिएको र दाँत निकाल्नु पर्ने अवस्था आएकोले आफ्नो उपचारमा लापरवाही भएको ठहर ती महिलाको थियो ।

उनले अपुरो उपचारले आफ्नो दाँत निकाल्नु पर्ने अवस्था आएको, स्वास्थ्य समस्याका कारण काम, अध्ययन् र सामाजिक जीवनमा गम्भीर बाधा पुगेको तथा आफ्नो आत्मविश्वासमा समेत गिरावट आएको भन्दै उपचारमा भएको यस किसिमको लापरवाहीको उचित क्षतिपूर्ति हुनु पर्ने भन्दै उजुरी दिएकी थिईन ।

काउन्सिलले अस्पतालको सम्पूर्ण कागजात, उपचारमा सम्लग्न चिकित्सकको बयान तथा विषयविज्ञको रायको आधारमा एक साताका लागि निलम्बन गर्ने निर्णयमा पुगेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *