डेन्टल क्लिनिक अनुगमन गर्ने टोलीमाथि धम्की दिइएको भन्दै एनडीएद्धारा आपत्ति

600
Shares

काठमाडौँ, ८ चैत । नेपाल मेडिकल काउन्सिलले केही साता अघि देखि सुरु गरेको डेन्टल क्लिनिक अनुगमनका क्रममा दन्त चिकित्सकले गर्ने काम अनाधिकृत रुपबाट गैर दन्त चिकित्सकले गरेको भेटिएको बताएको थियो ।

त्यस्ता क्लिनिकहरुलाई टोलीले शिल गर्दै कार्वाहीका लागि सिफारिस गरेको थियो । काउन्सिलले खटाएको उक्त टोलीको नेतृत्व नेपाल डेन्टल एसोसिएसनका अध्यक्ष एवं काउन्सिल सदस्य डा अजय साहले गरेका थिए ।

तर गत शुक्रबार भने डेन्टल हाइजिनिष्ट हौ भनेर बताउने एक समूहले मेडिकल काउन्सिल पुगेर त्यहाँका पदाधिकारीहरुलाई अनुगमन कार्यलाई रोक्न भन्यो । उक्त टोली त्यतिमा मात्रै रोकिएन र भन्न थाल्यो ‘अनुगमन कार्य नरोके डा साह सहितका टोलीमाथि नै नराम्रो हुन सक्छ ।’

‘गुणस्तरीय स्वास्थ्य सेवा छ कि छैन ? चिकित्सकले दिने स्वास्थ्य सेवा अरुले पो दिएको छ कि भनेर अनुगमनमा पठाएका हौँ । धेरै गुनासो आएपछि टिम गठन गरेर पठाएका हौँ तर यसरी विरोध आयो । यो चाहि राम्रो होईन,’ रजिष्ट्रार डा. सतिशकुमार देवले भने ।

यता नेपाल डेन्टल एसोसिएसन (एनडीए)ले अनुगमनमा खटिएको टोलीमाथि अनुगमन रोक्न दवाव दिने, नरोके जे पनि हुनसक्छ भन्दै धम्की दिने कार्य भएको भन्दै आपत्ति जनाएको छ ।

एनडीएले आफ्नो अध्यक्ष डा साहको ज्यू धनको सुरक्षा हुनुपर्ने र साथै चिकित्सकले गर्ने काम गैर चिकित्सकले गरिरहेको भेटिएकोले कडा कार्वाही हुनुपर्ने माग गरेको छ ।

एनडीएका महासचिव डा प्रदीप भण्डारीले आइतबार काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवलाई भेटेर आफ्ना अध्यक्ष सहित अनुगमन टोलीको सुरक्षासंगै अनुगमन रोक्न खोज्ने माथि थप कडाईका साथ प्रस्तुत भएर कारवाहीको दायरामा ल्याउन भन्दै ज्ञापन पत्र बुझाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *