आयुर्वेद चिकित्सकहरुको लाइसेन्स परीक्षा ३० चैतमा हुने

काठमाडौँ, ५ चैत । आयुर्वेद चिकित्सकहरुको लाइसेन्स परीक्षा आगामी ३० चैतमा हुने भएको छ । आयुर्वेद चिकित्सा परिषद् नेपालले आज सूचना जारी गर्दै आयुर्वेद स्नातक (बीएएमएस) उत्तीर्ण गरेकाहरुको स्थायी नाम दर्ता सम्वन्धी लाइसेन्सिङ परीक्षा आगामी ३० चैतको सोमबार हुने बताएको छ ।
परिषद्ले सो परीक्षामा सहभागि हुन चाहने बीएएमएस उत्तीर्णहरुले आज देखि १९ चैतसम्म नियमित शुल्क र २० देखि २८ चैतसम्म विलम्ब शुल्क तिरी अनलाइन फारम भर्न सक्ने जनाएको छ ।
परीक्षाका लागि बीएएमएस उत्तीर्ण गरी छ महिना इन्टर्नसिप पुरा गरेको विद्यार्थी हुनुपर्छ । तर विदेशबाट बीएएमएस गरेको हो भने एक वर्ष पुरा इन्टर्नशीप गर्नु पर्ने परिषद्ले जनाएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



