लुम्बिनीमा प्रदेश स्वास्थ्य प्रशासक र विशेषज्ञ चिकित्सक गरी १२ बढीको पदस्थापन तथा जिम्मेवारी हस्तान्तरण

140
Shares

दाङ, ४ चैत । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य सेवातर्फका १२ जना स्वास्थ्य प्रशासक तथा विशेषज्ञ चिकित्सक गरी १२ जना बढीको पदस्थापन र जिम्मेवारी बाँडफाँट गरेको छ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले केही साता अघि बढुवा भएका स्वास्थ्य सेवाका प्रशासक तथा विशेषज्ञ चिकित्सकहरुलाई पदस्थापन तथा जिम्मेवारी बाँडफाँड गर्ने निर्णय गरेको हो ।

कसको जिम्मेवारी कहाँ ?
बैठकले भर्खरै प्रमुख स्वास्थ्य प्रशासक (एघारौँ तह) मा बढुवा भएका डा राजेन्द्र गिरीलाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवलको प्रमुख पदमा पदस्थापन गरेको छ ।

यस्तै एघारौँ तहमा बढुवा भएका रोशनलाल चौधरी स्वास्थ्य निर्देशनालय देउखुरीमा प्रमुख जनस्वास्थ्य प्रशासकको रुपमा पदस्थापन गरेको छ । बढुवा हुनु अघि डा गिरी र चौधरी तत् तत् कार्यलयमा निमित्त प्रमुख रुपमा कार्यरत थिए ।

विशेषज्ञ चिकित्सक को कहाँ ?

मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा छ जना विशेषज्ञ चिकित्सकहरूले नयाँ जिम्मेवारी पाएका छन् । त्यसरी जिम्मेवारी पाउनेहरुमा :
डा. अनुप थापा: प्रमुख कन्सल्टेन्ट अब्स्टेट्रिक्स एण्ड गायनोकोलोजिस्ट।

डा. भुवन पौडेल : प्रमुख कन्सल्टेन्ट सर्जन।

डा. सुरेन्द्र कुँवर: प्रमुख कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट।

डा. पुष्पराज जोशी: प्रमुख कन्सल्टेन्ट जनरल फिजिसियन।

डा. कृष्ण हरि सुवेदी: प्रमुख कन्सल्टेन्ट पेडियाट्रिसियन।

डा. प्रभात पोख्रेल: प्रमुख कन्सल्टेन्ट डर्माटोलोजिष्ट।

डा. गोपाल प्रसाद ज्ञवाली: प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जन।

अन्य अस्पतालहरू:

डा. मोहम्मद नुरुल होदा: राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर।

डा. पदमराज अधिकारी: गुल्मी जिल्ला अस्पताल।

डा. शकुन्तला कुमारी:  प्रमुख कन्सल्टेन्ट मेडिकल जनरलिस्ट, रामपुर अस्पताल।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *