यी हुन् गर्भावस्थाका बेला हुने रच्च रक्तचाप नियन्त्रण गर्ने घरेलु उपाय

4
Share

गर्भावस्था एक नाजुक समय हो । यस अवस्थामा महिलामा उच्च रक्तचापको समस्या पनि एक हो । जसका कारणले बच्चाको जन्म दिने आमा तथा शिशुलाई नै खतरा हुन सक्छ ।

त्यसैले गर्भावस्थाका बेलामा उच्च रक्तचाप नियन्त्रण गर्नु जरुरी हुन्छ । यसका लागि बिभिन्न घरेलु उपाय अपनाउन सकिन्छ ।

१. लसुन लसुनलाई गर्भावस्थाका बेलामा सेवन गर्नाले उच्च रक्तचाप (ब्लडप्रेशर) नियन्त्रण गर्न मद्दत गर्छ । यसले शरीरमा कोलेस्टेरोलको मात्रालाई पनि नियन्त्रण गर्छ ।

२.  नुनको प्रयोग कम गर्नु नुन अन्य अवस्थामा खाने भन्दा भर्गावस्थाका बेलामा नुनको मात्रा कम गर्नु राम्रो हुन्छ ।

३. तनाव नियन्त्रण गर्नु गर्भावस्थाका बेलामा शरीरमा हर्मोनको परिवर्तनका साथै शारीरिक तथा मानसिक परिवर्तन पनि हुने भएकाले यस अवस्थामा पैदा हुने तनावलाई नियन्त्रण गर्नु आवश्यक हुनछ ।

४.  हलुका शारीरिक काम गर्नु गर्भावस्थाका बेलामा मनलाई चन्चल नबनाई बिभिन्न किसिमका घरेलु हलुका कार्यहरुमा ब्यस्त रहनुका साथै समय समयमा आराम गर्नु उचित हुन्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *