प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक मत परिणाम : रास्वापाको फराकिलो अग्रता

काठमाडौँ, २२ फागुन । हिजो सम्पन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचन अन्तर्गत विभिन्न निर्वाचन क्षेत्रमा सुरु भईरहेको मतगणनाको प्रारम्भिक नतिजा आउन थालेको छ। हालसम्म प्राप्त विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धेरै स्थान अघि देखिएको छ ।
यसपटक रास्वपा चम्किदै गर्दा पुराना दल नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीको संसदीय साइज खुम्चिने संकेत देखिएको छ ।
सबैभन्दा चासोको रुपमा हेरिएको झापा क्षेत्र नं ५ मा रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहले सुरुवातमै एमाले अध्यक्ष केपी ओलीलाई फराकिलो मतान्तरले पछि पारेका छन् ।
उता रुपन्देही २ बाट उठेका एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल पनि रास्वपाका सुलभ खरेलसंग निकै पछि परेका छन् ।
उता चितवन २ मा उठेका रास्वपाका सभापति रवि लामिछानेले निकटतम प्रतिस्पर्धी एमालेका अस्मिन घिमिरेलाई निकै पछि पारेका छन् ।
चितवन ३ मा रास्वपाका सोभिता गौतम नेकपाकी रेणु दाहाल भन्दा निकै अघि छन् ।
यता काठमाडौँ ५ मा उठेका नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल पनि रास्वपाका सस्मीत पोखरेलसंग पछि परेका छन् ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ