स्पार्क हेल्थ होम अस्पतालको ३४ औं वार्षिकोत्सव सम्पन्न

काठमाडौँ, फागुन १२ गते । कालिमाटीस्थित स्पार्क हेल्थ होम अस्पतालले ३४ औं वार्षिकोत्सव मनाएको छ ।
प्राकृतिक चिकित्सा तथा फिजियोथेरापी सम्बन्धी उपचार सेवा प्रदान गर्दै आएको अस्पतालले आइतबार निःशुल्क हाडजोर्नी, नशा सम्बन्धि स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमको आयोजना गरेर ३४ औँ वार्षिकोत्सव मनाएको हो ।
अस्पतालका प्रबन्ध निर्देशक हरिशरण रिजालले स्पार्कमा दैनिक दुईसय जना बिरामी ओपिडीमा आउने गरेको जानकारी दिए । उनले ती मध्ये दैनिक ३० जना बिरामीहरु अस्पताल भर्ना हुने गरेको बताए ।
अस्पतालका निर्देशक रुपेश अधिकारीले पछिल्लो समय बिरामीहरुमा प्राकृतिक चिकित्साप्रति आकर्षण बढीरहेको जानकारी दिदै एलोपेथिक उपचारमा ठिक नभएका बिरामीहरुका लागि प्राकृतिक उपचार वरदान सावित भएको दावी गरे ।

अस्पताल आउने बिरामीहरु पूर्ण रुपमा ठिक भएर डिस्चार्ज हुने गरेको उनको भनाई थियो ।
उनले अस्पतालमा हाडजोर्नीको समस्या, नशा च्यापिएको, प्यारालाइसिस, हड्डी खिइएकोे, डिस्क प्रोल्याप्स, बाथ, यूरिक एसिड लगायतका उपचार हानीरहित विभिन्न थेरापी, मसाज तथा अन्य प्राकृतिक विधिमार्फत गर्ने गरेको बताए ।
यसैबीच बार्षिकोत्सवको अवसरमा अस्पतालले आयोजना गरेको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका थिए । यस्तै ६० जना बिरामीले निःशुल्क सेवा र परामर्श लिएका थिए ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ