उज्यालो नेपाल पार्टीको चुनावी प्रतिवद्धता पत्रमा स्वास्थ्य : तोकिएको स्वास्थ्य संस्थामा नि:शुल्क उपचार सेवा दिईने

48
Shares

काठमाडौँ, ३ फागुन । कुलमान घिसिङ अध्यक्ष रहेको उज्यालो नेपाल पार्टी (उनेपा)ले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।

उनेपाले आज एक कार्यक्रमकाबीच प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।

उसले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा हरेक नागरिकलाई तोकिएको स्वास्थ्य संस्थामा निशुल्क उपचार गरिने उल्लेख छ । यस्तै प्रत्येक वडामा मानसिक परामर्शदाताको सेवा उपलव्ध हुने बताइएको छ ।

यसैगरी स्थानीय तहको स्वास्थ्य संस्थामा कम्तिमा उक विशेषज्ञ चिकित्सक रहने व्यवस्था मिलाउने समेत उल्लेख गरेको छ ।

हेर्नुहोस उज्यालो नेपाल पार्टीले आफ्नो घोषणा पत्रमा उल्लेख गरेका स्वास्थ्यका मुख्य विषय

निशुल्क स्वास्थ्य सेवा अभियान :   हरेक नागरिकलाई तोकिएको स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गरिनेछ । कुपोषणबाट ग्रसित महिला तथा बालबालिका केन्द्रीत कार्यक्रम सञ्चालन गरिनेछ । साथै ग्रामीण क्षेत्रका जनतालाई मोवाइल क्लिनिक र टेलिमेडिसिनको व्यवस्था गरिनेछ ।

मनोसामाजिक परामर्श सेवा :  प्रत्येक वडामा मानसिक परमर्श दाताको सेवा उपलव्ध हुने व्यवस्था गरिनेछ ।

प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा प्रत्येक स्थानीय तहको स्वास्थ्य संस्थामा एक विशेषज्ञ सेवा :  प्रत्येक स्थानीय तहको स्वास्थ्य संस्थामा कम्तिमा एक विशेषज्ञ (हाडजोर्नी, स्त्रीरोग र बालरोग) राख्ने व्यवस्था गरिनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *