राप्रपाले सार्वजनिक गर्‍यो चुनावी घोषणापत्र, यस्ता छन् स्वास्थ्यका बुँदा

56
Shares

काठमाडौँ, २ फागुन । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले घोषणापत्र सार्वजनिक गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

राप्रपाले घोषणापत्रलाई ‘संकल्पपत्र’ नाम दिएको छ । पार्टीको तर्फबाट सार्वजनिक घोषणा पत्रमा स्वास्थ्यका यस्ता बुँदाहरु उल्लेख गरेको छ ।

  • आधारभतू स्वास्थ्य उपचार सेवा सबै नागरिकलाई निशुल्क तथा तथा अनिवार्य गरिनेछ ।
  • आम नागरिकले आधारभतू स्वास्थ्य सेवाबाट वञ्चित हनुपुर्ने र अस्पतालको मुखै देख्न नपाएर मर्नु पर्ने अवस्थाको अन्त्य गरिनेछ ।
  • जेष्ठ तथा असक्क्त नागरिकको घर दैलोमा आधारभूत स्वास्थ्य सेवा पुर्र्याइनेछ।
  • सबै नागरिकलाई स्वास्थ्य बीमाको पहँचु बृद्धि गरी बीमाको दायरामा पुर्याईनेछ र सबै बीमितले आफुले चाहेको अस्पतालमा उपचार गर्न पाउने ब्यवस्था मिलाईनेछ। बीमितलाई गर्नु पर्ने स्वास्थ्य बीमाको भुक्तानीमा देखिएको समस्यालाई कडाईका साथ नियमनन गरी ब्यवस्था गरिनेछ ।
  • औषधीको मूल्य निर्धारण संयन्त्रलाई प्रभावकारी बनाई औषधीको मूल्य सस्तो तथा सुलभ बनाइने छ ।
  • निजी औषधी उद्योलाई आवश्यक सहूलियत प्रदान गरी औषधी उत्पादनमा मुलुकलाई क्रमश आत्मनिर्भर बनाइनेछ ।
    सरकारी स्वामित्वमा रहेको नेपाल औषधी उद्योग लिमिटेडलाई सुदृढ बनाई अत्याावश्यक गुणस्तरीय औषधी उत्पादन गरिनेछ ।
  • नेपाललाई उच्चस्तरीय स्वास्थ्य सेवा र गुणस्तरीय शिक्षा प्रदान गर्ने क्षेत्रीय प्रदान केन्द्र (हव) का रुपमा रुपान्तरण गरिनेछ । आधुनिक अस्पताल अनुसन्धान केन्द्र र उच्चस्तरीय स्वास्थ्य पूर्वाधार विस्तार गरी नागरिकलाई गुणस्तरीय उपचार उपलब्ध गाराईनेछ, साथै अन्तर्राष्ट्रिय स्तरका विद्यार्थीलाई आकर्षित गर्ने गरी उत्कृष्ट अन्तर्राष्ट्रिय शैक्षिक संस्थानहरु अस्पतालहरुको बिकास गरिनेछ ।
  • क्यान्सर, मृर्गौला तथा मेरुदण्ड रोगबाट पिडित नागरिकलाई दिइने आर्थिक सहायताको ब्यवस्थालाई अझ सुदृढ र प्रभावकारी बनाइनेछ । डायलासीस गर्ने निशुल्क सेवालाई अझ प्रभावकारी सर्वसुलभ रुपमा उपलब्ध गराइनेछ ।
  • स्वास्थ्य क्षेत्रमा लगानी बृद्धि गर्दै स्वास्थ्य सेवालाई दिगो र गुणस्तरीय बनाइनेछ ।
  • आयुर्वेद, प्राकृतिक योग तथा अन्य चिकित्सा पद्दतिको विकास र बिस्तार गरिनेछ ।
  • सबै प्रकारको औषधीको गुणस्तर नियन्त्रणको लागि कडाइका साथ नियमन गरिनेछ ।
  • काठमाडौँको वीर अस्पताल स्तरको अस्पताल सातै प्रदेशमा निर्माण गरी सञ्चालन गरिनेछ ।
  • वडा स्वास्थ्य केन्द्र मार्फत वडाका प्रत्यक नागरिकको स्वास्थ्य प्रोफाईल तयार गरिनेछ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *