आजपाको चुनावी घोषणा पत्रमा स्वास्थ्य : हरेक पालिकामा विशेषज्ञ चिकित्सकसहित सुविधा सम्पन्न अस्पताल सुनिश्चित गरिने

काठमाडौँ, १ फागुन । आम जनता पार्टीले हरेक पालिकामा सुविधा सम्पन्न अस्पताल र विशेषज्ञ चिकित्सकको सेवा सुनिश्चित गरिने बताएको छ ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि पार्टी तर्फबाट सार्वजनिक घोषणा पत्रमा यस्तो कुरा उल्लेख गरेको हो ।
काठमाडौँमा आज आयोजित कार्यक्रममा पार्टी अध्यक्ष प्रभु साहको अगुवाईमा घोषणा पत्र सार्वजनिक गरिएको थियो । घोषणा पत्रमा आजपाले नगर नगरमा मोडेल अस्पतालको व्यवस्था गर्ने, गम्भीर रोगको उपचार पूर्ण रुपमा निशुल्क गर्ने लगायतका प्रतिवद्धता जनाएको छ ।
यस्तै नागरिकको स्वास्थ्य विवरणलाई डिजिटल हेल्थ कार्डमा सुरक्षित राख्ने प्रणालीको विकास गरिनुको साथै स्वास्थ्य बीमालाई थप व्यवस्थित र प्रभावकारी बनाउने समेत उल्लेख गरेको छ ।
यसैगरी आजपाले एक घर एक धारा र पूर्ण सरसफाई अभियानलाई राष्ट्रिय गौरबको आयोजनाका रुपमा सञ्चालन गरिने साथै घर घरमा नाला र बस्ती बस्तीमा ढलको व्यवस्था गरिने समेत जनाएको छ ।
आजपाको चुनाव चिन्ह मोवाइल फोन रहेको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ