गण्डकीका नयाँ स्वास्थ्य सचिव डा. बसौलाले जिम्मेवारी सम्हाले

216
Shares

पोखरा, २२ माघ । गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा नियुक्त डा. युवानिधि बसौलाले बुधबारबाट जिम्मेवारी सम्हालेका छन् । मुख्य मन्त्री कार्यालय गण्डकी प्रदेशबाट पत्र लिएर स्वास्थ्य मन्त्रालय पुगेका सचिव डा. बसौलालाई प्रदेश स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले स्वागत गरेका थिए ।

एघारौँ तहका डा. बसौला यसअघि शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कार्यकारी निर्देशकको भूमिकामा थिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा गत २ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई गण्डकी प्रदेश मुख्य मन्त्री कार्यालय वा अन्तर्गत रहने गरी सरुवा गरेको थियो ।

त्यतिवेला कै बैठकले गण्डकी प्रदेशका स्वास्थ्य सचिव डा. विश्वबन्दु बगालेलाई भने संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *