चिकित्सक संघ निर्वाचन : २ पुसमा फारम भरेर शुल्क बुझाएका सबैको उम्मेद्धारी कामय (सूची सहित)

उच्च अदालतको आदेश र सर्वपक्षीय छलफल पछि निर्वाचन समितिले सार्वजनिक गर्‍यो नयाँ अन्तिम नामावली
68
Shares

काठमाडौँ, ६ माघ । नेपाल चिकित्सक संघको निर्वाचन समितिले गत २ पुसका दिन मनोनयन फामर भरी दस्तुर शुल्क समेत बुझाएका सबै चिकित्सकको उम्मेदवारी कामय गरेको छ ।

निर्वाचन समितिले मंगलबार राती उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दै यसअघि रद्ध भएका भनिएका चिकित्सकहरुको नाम समेत कायम गरेको छ ।

यद्धपी नयाँ निर्वाचनको मिति भने अझै सार्वजनिक भएको छैन । निर्वाचन समितिले विधान बाहिर गएर काम गरेकोले यथास्थितिमा निर्वाचनका गतिविधि अघि नबढोस भन्दै डा अजयकुमार मिश्रले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाई गर्दै उच्च अदालत पाटनले उनको पक्षमा अन्तरिम आदेश दिएपछि निर्वाचन रोकिएको छ । समितिले छिटै नै निर्वाचनको नयाँ मिति सार्वजनिक गर्ने बताएको छ ।

उच्च अदालत पाटनले आजै छलफलका लागि बोलाएकोले बेलुकासम्म नयाँ निर्वाचनको मिति सार्वजनिक हुने अनुमान गरिएको छ ।

समितिले मंगलबार राती जारी गरेको सूचनामा पाटन उच्च अदालतको आदेशका कारण अबरुद्ध निर्वाचन प्रक्रियालाई अगाडी बढाउन निर्वाचन समितिले पुस २७ गते विभिन्न सरोकारवालासंग गरिएको अलग अलग छलफल एवं २८ पुस र ३ मा गरिएको सर्वपक्षीय छलफल पछि नयाँ निर्णय गरिएको बताएको छ ।

सुरुमा उपाध्यक्ष एवं बागमती प्रदेश संयोजकका उम्मेद्धार डा अरुण शाहीको उम्मेदवारी खारेज गरेपछि उनी आफूमाथि अन्याय भएको भन्दै जिल्ला प्रशासन कार्यालय हुँदै उच्च अदालत पाटन पुगेका थिए । त्यसपछि खारेजीमा परेका अन्य उम्मेदवारले पनि अदालतको ढोका ढक्ढक्याउन पुगे । अदालत जाने सबैले आफ्नो पक्षमा अन्तरिम आदेश लिएर आएका थिए ।

यो संगै निर्वाचनमा भाग लिने उम्मेदवारको संख्या ५६ पुगेको छ ।

हेर्नुहोस सूचना र उम्मेद्धारको अन्तिम नामावली

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *