त्रिवि आईओएमको सहायक डीन पदमा प्राध्यापक तुलसी अधिकारी नियुक्त

काठमाडौँ, १ माघ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को सहायक डीन पदमा प्राध्यापक तुलसी अधिकारी नियुक्त भएकी छन् ।
सोमबार त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले प्राध्यापक अधिकारीलाई चार वर्षे कार्यकालका लागि आईओएमको सहायक डीन पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नर्सिङ विषयकी प्राध्यापक उनी महाराजगञ्ज नर्सिङ क्याम्पसमा कार्यरत थिईन् ।
तीन जना सहायक डीन हुने व्यवस्था रहेको आईओएममा प्राडा अभिमन्यू झा र प्राडा सन्तकुमार दास यसअघि नै सहायक डीनका रुपमा कार्यरत छन् ।
त्यसो त सहायक डीन पदका लागि खुल्ला प्रतिस्पर्धा गराइएको थियो । कुल पाँच जनाले आवेदन दिएकोमा छनौट समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । तीन जना मध्येबाट अधिकारी सहायक डीन बन्न सफल भएकी हुन् ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 
