डा. निकोलस भुसालको टोलीसंग बार्ता गर्न सरकारद्धारा चार सदस्यीय टोली गठन

172
Shares

काठमाडौँ, १७ पुस । विगत १० दिन देखि आमरण अनसनमा बसेका डा. निकोलस भुसाल (कमल) नेतृत्वको टीमसंग बार्ता गर्न सरकारले टोली गठन गरेको छ ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालको संयोजकत्व चार सदस्यीय बार्ता टोली गठन गरेको हो । बार्ता टोलीमा प्रधानमन्त्रीका जनसम्पर्क अधिकृत गोविन्दनारायण तिमिल्सिना, प्रधानमन्त्री कार्यालयका सहसचिव डा भीष्मकुमार भुसाल र काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल रहेका छन् ।

विभिन्न पाँच बुँदे माघ अघि सार्र्दै माइतीघरमा अनसन बसेका डा भुसालको स्वास्थ्य अवस्था विग्रदै गएपछि हिजो वीर अस्पताल लगिएको छ ।

चिकित्सक तथा नागरिक समाजका अगुवाहरुले डा भुसालको जीवन रक्षाको माग गर्दै सरकारले तत्काल बार्ता गरी समस्याको समाधान खोज्न सुझाव दिएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *