राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरीटेण्डेनमा डा. रुद्र मरासिनी नियुक्त

812
Shares

काठमाडौँ, १३ पुस । राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरीटेण्डेन (प्रमेसु) पदमा  डा. रुद्र मरासिनी नियुक्त भएका छन् ।

स्वास्थ्य मन्त्री डा. सुधा गौतम शर्माले आज मन्त्रीस्तीय निर्णय गर्दै डा. मरासिनीलाई ट्रमाको प्रमेसु बनाएकी हुन् ।

उनले आजै ट्रमा सेन्टर पुगेर जिम्मेबारी सम्हाली सकेका छन् ।

यसअघि त्यहाँका प्रमेसु डा. बद्रि रिजाल थिए ।

उनी नेपाल चिकित्सक संघको आसन्न निर्वाचनमा उम्मेद्धार बनेपछि प्रमेसुबाट राजिनामा दिएका थिए । त्यसो त उनले डा. मरासिनीलाई नै निमित्त छोडेका थिए ।

एघारौँ तहका डा. मरासिनी यसअघि पनि ट्रमाको प्रमेसु थिए ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरीटेण्डेनमा डा. रुद्र मरासिनी नियुक्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *