नेपाल मेडिकल काउन्सिलको निर्वाचन सम्पन्न, ११ हजार ९२२ भोट खस्यो

काठमाडौँ, १२ पुस । नेपाल मेडिकल काउन्सिलमा रिक्त एक उपाध्यक्ष र आठ सदस्य छनौटका लागि गत ४ पुस देखि सुरु भएको मतदान केही वेर अघि (४ बजे) सम्पन्न भएको छ ।
मतदानमा कुल ११ हजार ९२२ भोट खसेको काउन्सिलका प्रवक्ता समेत रहेका रजिष्ट्रार डा सतीशकुमार देवले बताए । यसअघि गत ४ देखि ६ पुससम्म उपत्यका बाहिरका १८ वटा मतदान केन्द्रमा ६ हजार ८४६ भोट खसेको थियो ।
उपत्यका अन्तर्गत काठमाडौं र ललितपुरमा हिजो र आज तथा काभ्रेको धुलिखेलमा (हिजो) मात्रै भएको मतदानमा कुल ५ हजार ७६ भोट खसेको छ ।
काउन्सिलले मतगणना भने भोलि विहान देखि ललितपुरको स्टाफ कलेज परिसरमा हुने बताएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



