नेपाल मेडिकल काउन्सिल निर्वाचन : आजबाट काठमाडौँ, ललितपुर र काभ्रेको धुलिखेलमा मतदान हुँदै

124
Shares

काठमाडौँ, ११ पुस । नेपाल मेडिकल काउन्सिलमा मतदानबाट छनौट हुने एक उपाध्यक्ष र आठ जना सदस्य पदका लागि आजबाट दोस्रो चरणको निर्वाचन हुँदैछ ।

उपत्यका बाहिरका १८ वटा मतदान केन्द्रमा गत ४ देखि ६ पुसमा मतदान सम्पन्न भएपछि आज काठमाडौँ, ललितपुर र काभ्रेको धुलिखेल मतदान केन्द्र गरी तीन स्थानमा मतदान हुन लागेको हो ।

निर्वाचन समितिले काठमाडौँको राष्ट्रिय सभा गृह, ललितपुरको नेपाल प्रशासनिक प्रशिक्षण केन्द्र जावलाखेल र काभ्रेको काठमाडौँ विश्वविद्यालय इन्टरनेशनल सेन्टर धुलिखेलमा मतदान हुँदैछ ।

काठमाडौँ र ललितपुर केन्द्रमा आज र भोली विहान ९ देखि ४ बजेसम्म मतदान हुँदैछ । तर धुलिखेलमा भने आज मात्रै विहान ९ देखि ४ बजेसम्म मतदान हुने तालीका राखिएको छ ।

यसअघि उपत्यका बाहिर १८ वटा केन्द्रमा तीन दिनसम्म चलेको मतदान प्रक्रियामा कुल ६ हजार ८४६ भोट खसेको काउन्सिलले जनाएको छ ।

तोकिएका २१ वटा केन्द्रमा मतदान सम्पन्न भएपछि भोट गणना हुने काउन्सिल निर्वाचन समितिले जानकारी दिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *