नेपाल चिकित्सक संघ निर्वाचन : टिम डा. बद्रीले सार्वजनिक गर्यो चुनावी प्रतिवद्धता पत्र

काठमाडौँ, १० पुस । नेपाल चिकित्सक संघ (एनएमए) आउँदै गरेको निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेद्धारी दिएका डा. बद्री रिजालको टिमले आफ्नो प्रतिवद्धता सार्वजनिक गरेको छ ।
बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै ‘टिम बद्री’ले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।
‘पेशागत मर्यादा र अटुट एकता: सबल एशोसिएशनका लागि टिम बद्रीको प्रतिबद्धता’ भन्ने नाराका साथ सार्वजनिक गरिएको उक्त पत्रमा चिकित्सकहरूको पेसागत सुरक्षा, पारिश्रमिक वृद्धि र दरबन्दी थप लगायतका विषयलाई मुख्य प्राथमिकतामा राखिएको छ।
पत्रकार सम्मेलनमा सम्वोधन गर्ने क्रममा डा. रिजालले यसबेला नेपालको चिकित्सा पेशा गम्भीर मोडमा पुगेको भन्दै पेशागत सुरक्षा तथा हक हित र सुविधाका लागि आफ्नो नेतृत्वको टिम विजयी हुन आवश्यक रहेको बताए ।
उनले आफ्नो टीममा नयाँ पुस्ता र पुरानो पुस्ताको प्रतिनिधि रहेको भन्दै जेनजीको माग अनुसार युवा सदस्यहरु समेत समावेश भएको दावी गरे ।
कार्यक्रममा बरिष्ठ उपाध्यक्षका उम्मेद्धार समेत रहेका डा. सञ्जीव तिवारी, उपाध्यक्ष (सुदूरपश्चिम प्रदेश संयोजक) डा. प्रमोद जोशी लगायतले उठेका प्रश्नहरुको जवाफ दिएका थिए । तर, महासचिवका उम्मेद्धार डा. विश्व दवाडी भने आफूमाथि नै उठेका प्रश्नको समेत जवाफ नदिई बसे ।

हेर्नुहोस ‘टिम डा. बद्री’को प्रतिवद्धता पत्र :
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

