जेनजी आन्दोलनमा गम्भीर घाइते झलनाथ पत्नी भेटन पुगे प्रचण्ड र माधनकुमार नेपाल

24
Shares

काठमाडौं, ९ पुस । जेनजी आन्दोलनका क्रममा आगजनीमा घाइते भएकी नेता झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले जानकारी लिएका छन् ।

बुधबार बिहान खनालकी धर्मपत्नीलाई भेटर उनीहरुले स्वास्थ्यलाभको कामना समेत गरेका छन् । गत साता भारतको अपोलो अस्पतालबाट उपचार सकेर फर्किएकी चित्रकारलाई भेट्न संयोजक र सहसंयोजक कमरेड डल्लुस्थित निवासमा पुगेका थिए।

चित्रकारको स्वास्थ्य अवस्था अहिले खतरामुक्त रहेको छ र थप सुधारका लागि उपचारको क्रममा रहेको जानकारी नेता खनालले जानकारी दिए ।

आगलागीमा परी गम्भीर घाइते भएकी चित्राकारको २४ भदौ देखि ६ असोजसम्म कीर्तिपुर स्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो । उनलाई ६ असोजका दिन एयर एम्बुलेन्सको रुपमा श्री एयरलायन्सको उडानबाट नयाँ दिल्लीस्थित अपोलो अस्पताल लगिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *