डा. अरुण शाहीको उम्मेद्धारी कायम गर्न एनएमए निर्वाचन समितिलाई जिप्रकाको आदेश

92
Shares

काठमाडौँ, ८ पुस । जिल्ला प्रशासन कार्यालय काठमाडौँले चिकित्सक संघ निर्वाचन समितिलाई डा. अरुण शाहीको उम्मेद्धारी कायम गर्न आदेश दिएको छ । डा. शाहीले आशन्न निर्वाचनका लागि उपाध्यक्ष (बागमती प्रदेश संयोजक) पदमा वारेसनामा मार्फत उम्मेद्धारी दिएका थिए ।

तर तीन दिन अघि निर्वाचन समितिले वारेसनामा नमिलेको भन्दै रद्ध गरेको बताएको थियो ।

सो निर्णय विरुद्ध डा. शाहीले अख्तियार प्रमुखको रुपमा रहेको जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए । उनले आफूलाई गैरकानूनी रुपमा निर्वाचनमा लड्न नदिएको र यस्तो गैरकानूनी रुपमा हुन लागेको निर्वाचन रोक्का गरि पाउँ भन्दै निवेदन दिएको थिए ।

जिप्रकाले जारी गरेको आदेशमा नेपाल चिकित्सक संघ निर्वाचन नियमावली २०७० को परिच्छेद ४ को नियम १ अनुसार डा अरुणको उम्मेद्धारी दर्ता भएको ठहर गर्दै निर्वाचन समितिले २८ मंसिरमा जारी गरेको नोटरी सम्वन्धी व्यवस्थालाई नियमावली विपरित भएको ठहर गरेको छ ।

यो निर्णयसंगै नोटरीकै कारण उम्मेद्धारी रद्ध भएका अन्य उम्मेद्धारलाई पनि समितिले उम्मेद्धारी कायम गर्नुपर्ने भएको छ ।
डा शाहीले जिल्ला प्रशासन कार्यालयबाट आफूले न्याय पाएको प्रतिक्रिया दिदै निर्वाचनमा थप जोसका साथ होमिएको बताए । उनले आफूमाथि परेको अन्यायविरुद्ध साथ दिने सबैलाई धन्यवाद दिए ।

अध्यक्ष पदका उम्मेद्धार डा. मंगल रावलले पछिल्लो घटनाले पनि ‘एनएमए’मा कस्तो बेथिति छ भन्ने छर्लङ्ग भएको भन्दै आफूहरु न्यायको पक्षमा सधै लड्ने बताए । उनले अन्याय परेका अरु उम्मेद्धारको हकमा पनि आजको आदेश नजिर बनेको प्रतिक्रिया दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *