जनताको जीवन रक्षासँग जोडिएको एम्बुलेन्स सेवा प्रभावकारी हुनुपर्नेमा जोड

36
Shares

काठमाडौँ, ६ पुस । स्वास्थ्य मन्त्री डा. सुधा गौतम शर्माले एम्बुलेन्स सेवा जनताको जीवन रक्षासँग प्रत्यक्ष रुपमा जोडिएको अत्यावश्यक सेवा भएको भन्दै निर्देशिकाको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएकी  छन् ।

एम्बुलेन्स सेवा निर्देशिका २०८२ को संक्षिप्त अभिमुखीकरण तथा कार्यान्वयनका क्रममा देखिएका समस्या, चुनौँती र सुधारका विषयमा भर्च्युअल माध्यमबाट भएको बैठकलाई सम्वोधन गर्दै उक्त कुरा बताएकी हुन् ।

मन्त्री डा शर्माले एम्बुलेन्स सेवाको गुणस्तर सुधार तथा अनुगमन प्रणाली सुदृड गर्न सम्वन्धित सबै निकायबीच समन्वय आवश्यक रहेको बताईन् । उनले सेवा प्रदायकहरुलाई निर्देशिकाको पूर्ण पालना गर्न समेत निर्देशन दिईन् ।

बैठकलाई मन्त्रालयका अतिरिक्त सचिव डा श्रीकृष्ण श्रेष्ठ, स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईका प्रमुख डा प्रकाश बुढाथोकी लगायतले सम्वोधन गरेका थिए ।

बैठकमा सातवटै प्रदेशका प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समितिका संयोजक तथा सदस्य सचिवहरु, ७७ वटै जिल्लाका जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिका संयोजक तथा सदस्य सचिव, गृह मन्त्रालयका प्रतिनिधि, सात वटै प्रदेशका स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रका प्रतिनिधिहरुको सहभागिता थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *