श्रमिकको स्वास्थ्य परीक्षण र शुल्कसम्बन्धी नयाँ मापदण्ड खारेज, पुरानै अनुसार चेकजाँच हुने

काठमाडौँ, ५ पुस । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण र शुल्कसम्बन्धी नयाँ मापदण्ड खारेज गरेको छ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट उक्त मापदण्ड खारेज गर्दै साविककै मूल्यमा स्वास्थ्य जाँचको व्यवस्था गर्न निर्देशन दिएका छन् । यो संगै श्रमिकहरुले ६ हजार ५ सय रुपैयाँमा मेडिकल गर्न पाउने भएका छन् ।
गत ३० कात्तिकमा श्रम मन्त्रालयले श्रमिकको गुणस्तरीय स्वास्थ्य परीक्षण सुनिश्चित गर्न भन्दै ३४ प्रकारको स्वास्थ्य परीक्षण गर्नुपर्ने दायरा विस्तार गरेपछि ९ हजार ५ सय रुपैयाँ निर्धारण गरेको थियो । प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनपछि मापदण्ड खारेज गरिएको श्रममन्त्री भण्डारीले बताए ।
‘वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाले लिने स्वास्थ्य परीक्षण शुल्क ३० कात्तिकको मन्त्रालयको निर्णयानुसार ९ हजार ५ सय निर्धारण गरिएकामा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक, वैदेशिक रोजगार व्यवसायी संघलगायत सरोकारवालाबाट शुल्क वृद्धि सम्बन्धमा श्रमिक हित अनुकूल नभएको भनी गुनासो गर्दै आएका थिए ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

