नेपाल मेडिकल काउन्सिलकाे निर्वाचन आजबाट, कहाँ कहाँ हुदैछ मतदान ?

काठमाडौं ४ पुस । एक उपाध्यक्ष र आठ सदस्य छनाैटका नेपाल मेडिकल काउन्सिलकाे निर्वाचन आजबाट सुरू हुदैछ ।
काठमाडौं उपत्यका र उपत्यका बाहिर गरि दुई चरण हुन लागेकाे याे निर्वाचनकाे पहिलो चरण अन्तरगत आज र भाेलि उपत्यका बाहिर याे निर्वाचन हुन लागेको हाे ।
काउन्सिलले आज र भाेलि हुने निर्वाचनका लागि मतदान केन्द्र ताेकेकाे छ । तर ती केन्द्र हरूमा कतै आजमात्रै, कतै भाेलिमात्र र कतै दुबै दिनमा मतदान हुदैछ ।
निर्वाचन समितिका अनुसार कोशी प्रदेशमा रहेका मतदान केन्द्र मेची प्रादेशिक अस्पताल, भद्रपुर, झापा, मधेश प्रदेशका मतदान केन्द्रहरुमा गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज, सप्तरी, लहान जिल्ला अस्पताल लहान, सिराहामा आज मात्र हुदैछ ।
यस्तै वागमती प्रदेशको उपत्यका बाहिरका केन्द्रहरु मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा, मकवानपुर, लुम्बिनीको भिम अस्पताल, भैरहवा, रुपन्देहीमा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, दाङ, कर्णालीको सुर्खेत प्रादेशिक अस्पतालमा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा पनि आज मात्र मतदान हुनेछ।
शनिवार मात्र मतदान हुने स्थानहरु
जिल्ला अस्पताल पाल्पा, भेरी अस्पताल, नेपालगंज, बाँके, सेती प्रादेशिक अस्पताल धनगढी, कैलालीमा भाेलि शनिवार मात्र मतदान हुनेछ।
२ दिन शुक्रवार र शनिवार मतदान हुने स्थानहरु
कोशी अस्पताल, (ईलाइट क्लब, शनिहाट चौक, विराटनगर-७) विराटनगर, मोरङ, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, सुनसरी, जनकपुर प्रादेशिक अस्पताल, जनकपुरधाम, धनुषा, नारायणी अस्पताल, वीरगंज, पर्सा, भरतपुर अस्पताल भरतपुर, चितवन, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, कास्की, लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल, रुपन्देहीमा पौष ४ र ५ गते दुबै दिन मतदान गर्न सकिने छ।
त्यसैगरी धुलिखेल अस्पताल, धुलिखेल, काभ्रेमा पौष ११ (शुक्रबार) र काठमाडौ उपत्यकाको राष्ट्रिय सभा गृह, भृकुटी मण्डप र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा पुस ११ र १२ गते हुनेछ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



