नेपाल चिकित्सक संघ : यी हुन् संघको विभिन्न पदमा उम्मेद्धारी दिएका चिकित्सकहरु

36
Shares

काठमाडौं‌, ३ पुस । आगामी माघमा हुने नेपाल चिकित्सक संघ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि हिजो विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ ।

संघको निर्वाचन समितिका अनुसार बुधवार उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूको मनोनयन पत्र छानबिन पश्चात प्रथम नामावली सार्वजनिक गरिएको हो। उक्त नामावली अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सहसचिव, सहकोषाध्यक्ष तथा सदस्य पदका लागि दर्ता भएका उम्मेदवारहरूको हो।

निर्वाचन तालिका अनुसार केन्द्रीय कार्यकारिणी समितिका लागि कुल १९ पदमा निर्वाचन हुँदैछ। जसअनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ७ जना प्रदेश संयोजक सहति महासचिव १, कोषाध्यक्ष १, सहसचिव १, सह–कोषाध्यक्ष १ तथा सदस्य ६ जना निर्वाचित हुनेछन्।

निर्वाचन समितिले पूर्वनिर्धारित कार्यक्रमअनुसार उम्मेदवारहरूको मनोनयन उपर दाबी–विरोध गर्न चाहनेले मिति २०८२ पुस ४ गते विहान १० बजेदेखि दिउँसो २ बजेसम्म संघको केन्द्रीय कार्यालय, प्रदर्शनीमार्गमा उपस्थित भई निवेदन दिन सक्ने जनाएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *