नेपाल चिकित्सक संघको उपाध्यक्ष पदमा उम्मेदवारी दिने डा. एकानन्द सिंहको घोषणा

24
Shares

काठमाडौं, २८ मंसिर । डा. एकानन्द सिंहले आउँदै गरेको नेपाल चिकित्सक संघको निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेद्धारी दिने घोषणा गरेका छन् ।

डा सिंहले उपाध्यक्ष (मधेश प्रदेश संयोजक) पदमा उम्मेद्धारी दिने घोषणा गरेका हुन् । आफ्नो उम्मेद्धारी स्वतन्त्र हुने डा सिंहले उल्लेख गरेका छन् ।

डा सिंह किष्ट र मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सर्जनका रुपमा कार्यरत छन्।

नेपाली स्वास्थ्य क्षेत्रमा व्याप्त सिन्डिकेट कृपावादको अन्त्यका लागि आफुले उम्मेदवारी दिएको उनले बताएका छन्।

नेपाल चिकित्सक संघको निर्वाचन आगामी माघ २ र ३ गते काठमाडौं बाहिर र १५, १६ र १७ गते काठमाडौं उपत्यकामा हुँदैछ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *