नेपाल चिकित्सक संघको उपाध्यक्ष पदमा उम्मेदवारी दिने डा. एकानन्द सिंहको घोषणा

20
Shares

काठमाडौं, २८ मंसिर । डा. एकानन्द सिंहले आउँदै गरेको नेपाल चिकित्सक संघको निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेद्धारी दिने घोषणा गरेका छन् ।

डा सिंहले उपाध्यक्ष (मधेश प्रदेश संयोजक) पदमा उम्मेद्धारी दिने घोषणा गरेका हुन् । आफ्नो उम्मेद्धारी स्वतन्त्र हुने डा सिंहले उल्लेख गरेका छन् ।

डा सिंह किष्ट र मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सर्जनका रुपमा कार्यरत छन्।

नेपाली स्वास्थ्य क्षेत्रमा व्याप्त सिन्डिकेट कृपावादको अन्त्यका लागि आफुले उम्मेदवारी दिएको उनले बताएका छन्।

नेपाल चिकित्सक संघको निर्वाचन आगामी माघ २ र ३ गते काठमाडौं बाहिर र १५, १६ र १७ गते काठमाडौं उपत्यकामा हुँदैछ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *