कम्बोडियामा विषाक्त घरेलु मदिरा पिउँदा दश जनाको मृत्यु, करिब पचास बिरामी

52
Shares

नोमपेन्ह (कम्बोडिया), २३ मंसिर- भात सडाएर बनाएको घरेलु विषाक्त मदिरा पिउँदा कम्बोडियाको कामपोङ छानाङ प्रान्तको एक गाउँमा १० जना कम्बोडियाली नागरिकको मृत्यु भएको र अन्य ५० जनाभन्दा बढी मानिसलाई उपचारका लागि अस्पताल भर्ना गरिएको यहाँका अधिकारीले बताएका छन् ।

नोभेम्बरको अन्त्यदेखि बिहीबारसम्म १० जनाको मृत्यु भएको र ५० जनाभन्दा बढी मदिरा सेवनबाट बिरामी परेपछि अस्पतालमा भर्ना भएका स्थानीय अस्पतालका निर्देशक सोरिन राभुथीले बताए।

उनले स्थानीय एक धार्मिक महोत्सव मनाउने क्रममा उनीहरुले मदिरा पिएका तर मदिरा विषाक्त भएका कारण उनीहरुको मृत्यु भएको बताए।

यस्तै एक घटनामा करिब एक वर्ष पहिला पनि उक्त स्थानमा १९ जनाको मृत्यु भएको थियो भने २०० जनाभन्दा बढीको मृत्यु भएको थियो ।

कम्बोडियाली समुदायमा चाड पर्व मनाउँदा घरेलु मदिरा पिउने प्रचलन छ । रासस/एएफपी

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *