रमेश गुप्ता मेमोरियल ट्रस्टद्वारा भक्तपुर क्यान्सर अस्पताललाई अत्याधुनिक आईसीयू बेड सहयोग

20
Shares

काठमाडौं।  बाल क्यान्सर उपचार सेवालाई सुदृढ र पहुँचयोग्य बनाउने उद्देश्यसहित रमेश गुप्ता मेमोरियल ट्रस्टले  महालक्ष्मी डेभलपमेन्ट बैंकको सहयोगमा भक्तपुर क्यान्सर अस्पताललाई विद्युतीय आईसीयू बेड हस्तान्तरण गरेको छ।

उक्त सहयोगसँगै भक्तपुर क्यान्सर अस्पतालको बालक्यान्सर सेवा अझ प्रभावकारी हुने विश्वास लिइएको छ। यो सहयोग संगै भक्तपुर क्यान्सर अस्पतालको आईसीयू क्षमता १५ बेड पुग्ने बताइएको छ ।

ट्रस्टले विश्वव्यापी साझेदार संस्था ‘वर्ल्ड चाइल्ड क्यान्सर’को सहयोगमा नेपालका सातै प्रदेशमा स्थापना गरिएका साझा उपचार केन्द्रहरुलाई उपकरण, क्षमता अभिवृद्धि तथा आवश्यक सहयोग प्रदान गर्दै आएको छ।

यी केन्द्रहरूले स्थानीयस्तरमै उपचार सेवा उपलब्ध गराउन सहयोग पुर्‍याइरहेका छन्, जसले गर्दा बालबालिकाले लामो दूरीको यात्रा गर्नुपर्ने बाध्यता कम हुनुका साथै परिवारमा पर्ने आर्थिक र मानसिक बोझ पनि घट्दै गएको छ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *