एक सातामा भेटिए ९६ जना डेंगी संक्रमित, सबैभन्दा धेरै गण्डकीमा

60
Shares

काठमाडौँ, २३ मंसिर । पछिल्लो एक सातामा देशभर ९६ जनामा डेंगी संक्रमण पुष्टी भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसिडी) का अनुसार पछिल्लो एक साताको अवधिमा डोल्पा बाहेक ७६ जिल्लामा ९६ जनामा डेंगी संक्रमण पुष्टी भएको हो ।

यो सँगै नेपालमा गत पुस यता डेंगी सङ्क्रमितको सङ्ख्या ८ हजार २ सय ६२ पुगेको छ । जसमध्ये सबैभन्दा धेरै गण्डकी प्रदेशमा २ हजार १ सय ४५ जनामा डेंगी पुष्टि भएको छ ।

त्यसैगरी, बागमतीमा २ हजार १ सय ३२ , लुम्बिनीमा १ हजार ३ सय ४६, कोशीमा १ हजार ३६, सुदूरपश्चिममा ८ सय ६२, कर्णालीमा ५ सय ३० र मधेशमा २ सय ११ जनामा डेंगी पुष्टि भएको छ ।

हालसम्म ६ जना सङ्क्रमितको मृत्यु डिसिडीले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *