कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार महतलाई कामकाज गराउन सर्वोच्चको अन्तरिम आदेश

136
Shares

काठमाडौँ, २२ मंसिर । सर्वोच्च अदालतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्टारमा नियुक्त भएका लक्ष्मीचन्द्र महतलाई कामकाज गर्न दिने अन्तरिम आदेश जारी गरेको छ ।

सरकारले आफूलाई नियुक्त गरेपछि पनि तीन महिनासम्म पदीय कामकाज गर्न नदिइएको भन्दै महतले दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश दिएको हो ।

न्यायाधीश शारंग सुबेदीको एकल इजलासले मंसिर १६ गते जारी गरेको आदेशमा प्रतिष्ठानका सह–कुलपति तथा स्वास्थ्य मन्त्रीको २०८२ भदौ १३ गतेको निर्णयानुसार महतलाई रजिस्टारको सबै कामकाज गर्न दिन र कुनै प्रकारको अवरोध नगर्न निर्देशन दिएको छ ।

सर्वोच्च अदालतको आदेशसँगै महतलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रजिस्ट्रारका रूपमा कामकाज गर्न बाटो खुलेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *