भोजपुरमा एम्बुलेन्स दुर्घटना,स्वास्थ्य शाखा प्रमुख र चालक गम्भीर घाइते

24
Shares

काठमाडौ, १६ मंसिर । भोजपुरको हतुवागढी गाउँपालिका ६ होम्ताङमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन्।

गाउँपालिकाद्वारा सञ्चालित एम्बुलेन्स दुर्घटनामा पर्दा चालक सञ्जीव राई र गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जय कुमार राई गम्भीर घाइते भएका हुन्।

बिरामीलाई होम्ताङ पुर्‍याएर घोडेटार फर्किने क्रममा मंगलबार बिहान करिब पौने ९ बजे एम्बुलेन्स दुर्घटना परेको इलाका प्रहरी कार्यालय घोडेटारले जनाएको छ।

घाइतेलाई हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भएको प्रहरी कार्यालय घोडेटारले जनाएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *