स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको आरोपमा ४ जना पक्राउ

28
Shares

चितवन, १४ मंसिर । माडी नगरपालिकास्थित बघौडा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई पक्राउ गरिएको छ ।

गत बिहीबार राति १०ः१५ बजेको समयमा चाररपाँच जनाको समूहमा आएका युवाले चिकित्सक स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका हुन् ।

इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक किरण राईले अस्पतालले शुक्रबार निवेदन दिएपछि ४ जना आरोपीलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ पर्नेमा माडीका किरण खाती, सङ्गम तिवारी, विकास गुरुङ र प्रकाश गौतम छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक राईले भने- “चिकित्सकहरूले कुटपिटमा मुद्दा चलाउने भन्दै छन्, कुटपिटको मुद्दा सिधैँ अदालतबाट चल्छ।” बघौडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. धीरञ्जनकुमार साहका अनुसार मङ्सिर ११ गते राति १०ः१५ बजेको समयमा अस्पताल परिसरभित्रै आक्रमण भएको हो ।

ती युवाले मादक पदार्थ सेवन गरी आक्रमण गरेको उनको भनाइ छ। डा‍. साहका अनुसार डा.दीपेन्द्र विश्वास, डा.देवेन्द विश्वास, हे।अ.अनुप सुवेदी, कविराज तिवारीलगायत चिकित्सक स्वास्थ्यकर्मीमाथि घाइते हुनेगरी कुटपिट भएको थियो । उनीहरूले अपशब्द बोल्दै गालीगलौजसमेत गरेका थिए ।

नेपाल चिकित्सक सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष डा. दीपेन्द्र न्यौपानेले दोषीलाई कानुनअनुसार हदैसम्मको कारबाही हुनुपर्ने बताएका छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *