क्युरेक्स फर्मास्युटिकल्सको रेक्सामोल औषधि बिक्री वितरण नगर्न निर्देशन

60
Shares

काठमाडौँ, ११ मंसिर । औषधि व्यवस्था विभागले क्युरेक्स फर्मास्युटिकल्स प्रालि बनेपाले उत्पादन गरेको रेक्सामोल औषधि बिक्री वितरण नगर्न निर्देशन दिएको छ ।

बुधवार एक सूचना जारी गरी क्युरेक्सले उत्पादन गरेको रेक्सामोल (पारासिटामोल ट्याबलेट) को ब्याच नम्बर टिआरएक्स–६९५ को औषधि न्यून गुणस्तर भएको पाइएकोले औषधी ऐन २०३५ को दफा १४ बमोजिम बिक्री वितरण रोक्का गरी उक्त बच नं का औषधी बजारबाट फिर्ता लैजान निर्देशन दिएको हो ।

उक्त ब्याज नम्बरको औषधिलाई सिफारिस, बिक्री वितरण तथा प्रयोग नगर्न पनि विभागले सबैमा आग्रह गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *