जेन जी आन्दोलनका घाइतेको उपचार तथा राहतका लागि सघाउन १० जना स्वयंसेवक राख्ने सरकारको निर्णय

96
Shares

काठमाडौँ, ९ मंसिर । गत २३ र २४ भदौको आन्दोलनमा घाइते भएकाहरुको उपचार, राहत र अन्य सेवाका लागि सहयोग गर्न सरकारले १० जना स्वयंसेवक स्वयंसेवक चार महिनासम्म खटाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मासिक १५ हजार दिएर चार महिनाका लागि १० जना स्वयंसेवक हेल्प डेस्कका लागि थप गर्ने निर्णय गरेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले जानकारी दिए ।

जेनजी आन्दोलनका घाइतेहरुको उपचार, फलोअप, तथा अन्य राहत साथै बर्गीकरण गर्नका लागि गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा हेल्प डेस्क स्थापना गरेको छ । मन्त्री पुनले मन्त्रालयका सहसचिव, उपसचिवसहित लगायतका कर्मचारीहरु रहेको हेल्पडेस्कको कामलाई सघाउन स्वयंसेवक थप गर्ने निर्णय भएको स्पष्ट पारे ।

अहिले गृह मन्त्रालयले जेन जी प्रदर्शनका क्रममा घाइते भएकाहरुको बर्गिकरण गर्ने र परिचयपत्र उपलव्ध गराउने कार्य समेत अघि बढाएको बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *