सुमनराज अर्याल मुख्य सचिवमा नियुक्त

काठमाडौं ८ मंसिर । नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् । सोमबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो ।
हालका मुख्य सचिव एकनारायण अर्याल ५८ वर्षे उमेरहदका कारण ९ मंसिर (भोलि)बाट अनिवार्य अवकाशमा जाँदैछन् ।
सरकारले त्यस अघि नै नयाँ मुख्य सचिव तय गरेको हो । एकनारायण १३ भदौ २०८१ मा मुख्यसचिव नियुक्त भएका थिए ।
आज मुख्य सचिवमा बढुवा भएका अर्याल रक्षा मन्त्रालयका सचिव हुन् । उनी वरीयताको आधारमा सबैभन्दा माथि थिए ।
अर्यालसंग राष्ट्रिय योजना आयोगको सचिव, युवा तथा खेलकुद मन्त्रालयको सचिव, त्यस अघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव र त्यसअघि कोशी प्रदेश सरकारको प्रमुख सचिवको रुपमा रहेर काम गरेको अनुभव छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 
