महिला स्वास्थ्य स्वयंसेविकाले बाँडे एक बर्षमा एक करोड कन्डम

440
Shares

health-worker

काठमाडौँ, २० मंसिर – सरकारले महिला स्वास्थ्य स्वयंसेविका मार्फत एक बर्षमा एक करोड बढी कन्डम वितरण गरेको छ । स्वास्थ्य सेवा विभाग परिबार स्वास्थ्य महाशाखाका अनुसार देशभर रहेका ५१ हजार ४७० जना महिला स्वास्थ्य स्वयंसेविकाले आर्थिक बर्ष २०७१/०७२ मा मात्रै १ करोड ५ लाख १२ हजार ४४९ वटा कन्डम वितरण गरेका छन् ।

प्रजनन दर घटाउने सरकारको लक्ष्य अनुरुप महिला स्वास्थ्य स्वयंसेविकाले सोही अवधीमा ८ लाख ६६ हजार ८८१ जना महिलालाई खाने चक्की पिल्स वितरण गरेका छन् ।

स्वयंसेविकाले एक बर्षको अवधीमा १४ लाख ११ हजार ४३८ प्याकेट पुर्नजलिय झोल वितरण गरेका छन् । महाशाखाले सो अवधीमा स्वयं सेविकाले ९ लाख ३२ हजार ९४५ जना महिलालाई आइरन चक्की वितरण गरेको जनाएको छ ।

कुल प्रजनन दर, बालमृत्यु दर, र मातृमृत्युदर घटाउने राष्ट्रिय लक्ष हासिल गर्न सरकारले २०४५/०४६ साल देखि महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम सुरु गरेको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *