पत्रकार दीपेन्द्र खनियाँ मृत अवस्थामा भेटिए

228
Shares

काठमाडौँ, ७ मंसिर । पत्रकार दीपेन्द्र खनियाँ मृत अवस्थामा भेटिएका छन् । नयाँ बानेश्वरस्थित रेडियो अडियोको स्टेशन भएको घरमा झुण्डिएको अवस्थामा प्रहरीले फेला पारेको हो ।

रेडियो अडियो खनियाँको आफ्नै लगानीमा सञ्चालित एफएम हो । रेडियो अडियोमा उनको कार्यक्रम ‘खुल्दुली डटकम’ लोकप्रिय थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार आइतबार मध्यान्ह १२ बजेतिर घरको बरन्डामा तारको पासो लगाएर झुन्डिएको अवस्थामा खनियाँको मृत शरीर भेटिएको थियो ।

प्रहरीले अहिले घटनास्थलको मुचुल्का गरी शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ ।

खनियाँको श्रीमती र एक छोरी छन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *