विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न १७१ संस्था छनोट

92
Shares

काठमाडौँ, ५ मंसिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि सूचिकृत १ सय ७१ वटा स्वास्थ्य संस्थाहरु छनोट गरेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले यी संस्थाहरू सूचीकरणको निर्णय गरेकी हुन् । मन्त्रालयका अनुसार कात्तिक ३० गते सूचीकरणको निर्णय भएको थियो ।

मन्त्रालयले यसअघि स्वास्थ्य परीक्षणसम्बन्धी नयाँ मापदण्ड लागू गरेको थियो । श्रमिकहरूको स्वास्थ्य परीक्षणलाई वैज्ञानिक बनाउन डा। दिपेन्द्ररमण सिंहको संयोजकत्वमा कार्यदल गठन भएको थियो ।

उक्त विशेषज्ञ समितिको सिफारिसका आधारमा नयाँ मापदण्ड लागू गर्दै स्वास्थ्य परीक्षण शुल्क समेत बढाएको थियो ।

भिडिओ एक्सरे, मधुमेह, फोक्सो सम्बन्धी परीक्षण, कान सुन्ने, नसुन्ने लगायत परीक्षण शीर्षक थपिएसँगै शूल्क बढेको मन्त्रालयले जनाएको छ । सोही नयाँ मापदण्डअनुसार संस्थाहरू सञ्चालन भएका छन् कि छैनन् भनेर मन्त्रालयले अनुगमन गरेको र मापदण्ड नपुगेका २९ संस्था पुरानो सूचीबाट हटाइएको उल्लेख छ । मन्त्रालयले २०० संस्था अनुगमन गरेको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *