यी हुन् प्रसस्त भिटामिन ‘सी’ पाइने ७ फलफूलहरु

160
Shares

vitamin-c_Intext-image

१. अम्वा : तपाईँले खाने एउटा अम्वामा १८८ मिलीग्राम भिटामिन सी पाउन सकिन्छ । त्यसैले शरीर स्वस्थ्य राख्नका लागि आवश्यक पर्ने भिटामिन सीको सेवन लाभदायी हुन्छ ।

२. अकबरे खुर्सानी : रातो भएर पाकेको डल्ले खुर्सानीमा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ । आधा कप डल्ले खुर्सानीको धुलोमा १४२ मिलीग्राम भिटामिन सी र २० क्यालोरी कार्बोहाइट्रेड पाइन्छ ।

३. सुन्तला : एउटा सुन्तलाको दानामा ७० देखी ८० मिलिग्राम भिटामिन सी पाइन्छ । त्यसैले सुन्तलाको सेवन स्वाद र स्वास्थ्यका लागि निकै नै लाभदायी हुन्छ ।

४. हरियो डल्ले खुर्सानी : आधा कप हरियोडल्ले खुर्सानीको धुलोमा ६० मिलिग्राम भिटामिन सी पाइन्छ । त्यसैले हरियो डल्ले खुर्सानीको प्रयोग स्वस्थ शरीरका लागि लाभदायी छ ।

५. जुनार : एउटा ताजा जुनारमा ३९ मिलिग्राम भिटामिन सी पाइन्छ । यसको जुस बनाएर खाँदा प्रतिकप करीब ८० मिलीग्राम भिटामिन सी पाइछ ।

६. गोलभेडा : गोलभेडामा प्रसस्त मात्रामा क्यारोटिनोइट लाइकोपिन र भिटामिन सी पाइन्छ । यसको सेवन पनि स्वस्थ शरीरका लागि महत्वपूर्ण हुन्छ ।

७. स्ट्रोबेरी : स्ट्रोबेरीेमा फाइबर, एन्टी अक्सिडेन्ट र भिटामिन सी प्रसस्त मात्रामा पाइन्छ । एक सय ग्राम स्ट्रोबेरीमा ५८.८ मिलीग्राम भिटामिन सी पाइन्छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *