नेपाल मेडिकल काउन्सिलका सदस्य प्राडा आनन्द शर्माद्धारा राजिनामा

528
Shares
डा. आनन्द कुमार शर्मा, बरिष्ठ नेत्र विशेषज्ञ , विपी कोइराला नेत्र अध्ययन केन्द्र महाराजगञ्ज

काठमाडौँ, १८ कात्तिक । नेपाल मेडिकल काउन्सिलको सदस्य रहेका प्राडा आनन्द शर्माले पदबाट राजिनामा दिएका छन् ।

गत ५ फागुनमा तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै प्राडा शर्मासहित पाँच जनालाई सदस्य पदमा नियुक्त गरेका थिए ।

‘तिहार अघि नै राजिनामा बुझाउनु भएको हो । राजिनामा स्विकृत भएको पत्र सोमबार (हिजो) हामीकहाँ आएको छ,’ काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवले भने ।

त्रिभुवन विश्वविद्यालय बीपी नेत्र विज्ञान संस्थानका प्राडा शर्माले स्वास्थ्यको कारण देखाएर राजिनामा दिएका थिए ।

यो संगै मेडिकल काउन्सिलमा एउटा सदस्य पद रिक्त रहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *