नेपाल मेडिकल काउन्सिलका सदस्य प्राडा आनन्द शर्माद्धारा राजिनामा

काठमाडौँ, १८ कात्तिक । नेपाल मेडिकल काउन्सिलको सदस्य रहेका प्राडा आनन्द शर्माले पदबाट राजिनामा दिएका छन् ।
गत ५ फागुनमा तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै प्राडा शर्मासहित पाँच जनालाई सदस्य पदमा नियुक्त गरेका थिए ।
‘तिहार अघि नै राजिनामा बुझाउनु भएको हो । राजिनामा स्विकृत भएको पत्र सोमबार (हिजो) हामीकहाँ आएको छ,’ काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवले भने ।
त्रिभुवन विश्वविद्यालय बीपी नेत्र विज्ञान संस्थानका प्राडा शर्माले स्वास्थ्यको कारण देखाएर राजिनामा दिएका थिए ।
यो संगै मेडिकल काउन्सिलमा एउटा सदस्य पद रिक्त रहेको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]


नेपाली हेल्थ 
