सिरहामा भेन्टिलेटरको अभावमा सर्पदंशका बिरामीको मृत्यु

24
Shares

काठमाडौँ, १९ भदौ । सिरहास्थित प्रादेशिक अस्पतालमा ‘भेन्टिलेटर’को सुविधा नहुँदा सर्पदंशका एक बिरामीको मृत्यु भएको छ ।

अस्पतालले बिरामीको अवस्था गम्भीर बनेपछिमात्रै अन्यत्र ‘रेफर’ गरिएको पीडितपक्षले जनाएका छन् ।

औरही गाउँपालिका–३, खजनपुरका ५५ वर्षीय किसान राजेन्द्र यादवलाई यही भदौ १४ गते दिउँसो सर्पदंश भएपछि उनी आफैँ हिँडेर प्रादेशिक अस्पताल, सिरहा पुगेका थिए ।

तर, उपचार प्रक्रिया सुस्त हुँदा बिरामीको अवस्था गम्भीर बन्यो र अन्ततः अन्यत्र रेफर गरिएपछि मृत्यु भएको पीडितपरिवारले आरोप लगाएका छन् ।

घटनापछि सिरहा विकास मञ्चसहित पीडित परिवार र स्थानीयवासीले बुधबार अस्पताल परिसर र सिरहा बजार क्षेत्रमा विरोध प्रदर्शनसमेत गरेका थिए ।

मञ्चका संयोजक रामरिझन यादवले भने, “उपचार गर्न आग्रह गर्दागर्दै बिरामी बेहोस भए, अनि रेफर गरियो । समयमै उपचार भएको भए ज्यान बच्थ्यो । अस्पतालको चरम लापरबाहीको नतिजा हो यो ।”

प्रदर्शनकारीले तीनबुँदे मागसहित प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

मागमा कार्यक्षेत्रमा रहेका चिकित्सकमाथि कारबाही, अस्पतालमा सर्पदंश उपचारको उचित व्यवस्था र एक हप्ताभित्र सघन उपचार कक्ष (आईसीयू) तथा भेन्टिलेटर स्थापना गर्नुपर्ने उल्लेख छ ।

गरिब किसानहरू उपचार नपाएर ज्यान गुमाउने अवस्था आएको संयोजक यादवले गुनासो गरे ।

यसबीच, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुनिलप्रसाद कुशवाहाले अस्पतालमा बिरामीलाई राख्नको लागि भेन्डिलेटर नभएकाले अन्यन्त्र रेफर गर्नुपरेको जानकारी दिए ।

उनले भने, “बिरामीलाई तत्काल १० भाइल एन्टिस्नेक भेनम दिइएको थियो । तर, अवस्था गम्भीर भई भेन्टिलेटरको आवश्यकता देखिएपछि रेफर गर्नुपरेको हो ।”

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *