जङ्गली च्याउ खाँदा एकै परिवारका ८ जना बिरामी

काठमाडौँ, २७ साउन । उदयपुरको चौदण्डीगढी नगरपालिका–९ अजगरामा जङ्गली च्याउ खाँदा एकै परिवारका आठ जना बिरामी भएका छन् ।
जङ्गलको च्याउ खाएर बिरामी हुनेहरुमा ८५ वर्षकी गवनी सदा, वर्ष ६० की गीता सदा, वर्ष ३१ की सञ्जु सदा, वर्ष २९ की मञ्जु सदा, वर्ष २९ की सरिता सदा, वर्ष १० की सन्ध्या सदा, वर्ष ११ की सन्जा सदा र वर्ष ५५ का लल्कु सदा रहेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।
बिषालु जङ्गली च्याउ खाएर बिरामी पर्ने गवनी सदा, गीता सदा र सरिता सदाको अवस्था गम्भीर भएकाले बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरान पठाउने तयारी गरेको बताइएको छ ।
बाँकी पाँच जनाको नगर अस्पताल बेल्टारमै उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com



नेपाली हेल्थ 
