चिकित्सकले गरेको अप्रेसन वकिलले आएर सही गलत भन्न मिल्दैन, पाईदैन : डा. अनिलबिक्रम कार्की(भिडियो)

300
Shares

काठमाडौँ, २४ असार । नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल बिक्रम कार्कीले न्यायलयको सम्मान गर्न चिकित्सकहरु जानकार रहेको भन्दै अवहेलनाको डमरु नदेखाउन उपभोक्ता हित संरक्षण मञ्चलाई चेतावनी दिएका छन् ।

उपभोक्ता ऐन संसोधनको माग राख्दै आन्दोलनमा उत्रिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई मंगलबार सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् । नागरिकको स्वास्थ्यमा आफूहरु सम्वेदनशील भएकोले आकस्मिक सेवा दिई राखेको भन्दै उनले तर राज्यले नसुनेको नाममा हामीलाई तीन वर्ष जेल कोच्ने जस्ता धम्की नदिन चेतावनी दिए ।

डा कार्कीले अगाडी थपे, जसरी चिकित्सकले संवैधानिक इजलासको विषयलाई ठिक गलत भनेर जज गर्न सक्दैन र मिल्दैन त्यसैगरी वकिलहरुले चिकित्सकले गर्ने उपचार तथा अप्रेसनको सहि गलत छुट्याउन सक्दैन भन्ने हाम्रो बुझाई हो ।

हेर्नुहोस विरोध सभामा उनको मन्तव्य:

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *