टेलि डेन्टिस्ट्री सेवा के हो ? के के छन् यसका फाईदा र बेफाइदा

– डा. दिक्षिता भाट

टेलि डेन्टिस्ट्री भनेको मुख तथा दन्त स्वास्थ्य सेवाका बारेमा जानकारी, सूचना तथा परामर्श प्रदान गर्ने एउटा माध्यम हो । नेपालमा टेलि डेन्टिस्ट्रीको अवधारणा र प्रयोग बढदो क्रममा छ ।

टेलि डेन्टिस्ट्रीको दायरा
१. ग्रामीण क्षेत्रमा दन्त सेवा पहुँचका साथै विशेषज्ञ चिकित्सकको सरसल्लाह समेत पुग्ने छ ।
२. शिक्षा क्षेत्रमा सहयोग पुग्ने छ ।
३. समय र पैसाको बचत ।
४. छोटो समयमा धेरै बिरामीहरुर्लाइ प्राथमिक उपचार र सर सल्लाह दिन सक्ने ।
५. सरुवा रोगको संक्रमणबाट बच्न सकिने ।
६ डिजिटल रेकर्ड र उपचार ट्रेकिङ गर्न मिल्ने ।

टेलि डेन्टिस्ट्रीका चरणहरू (Steps of Teledentistry ):

१) बिरामीको पञ्जीकरण (Patient Registration):

बिरामीले आफूको विवरण (नाम, उमेर, लक्षणहरू, स्वास्थ्य इतिहास) अनलाइन फारम वा एपमार्फत दर्ता गर्छन्।

२) जानकारी सङ्कलन (Data Collection):

बिरामीका दाँत र मुखको तस्बिर, भिडियो वा एक्स-रे जस्ता जानकारी संकलन गरिन्छ। यी जानकारीहरू स्मार्टफोन, क्यामेरा वा स्क्यानर प्रयोग गरेर पठाइन्छ।

३) दन्त चिकित्सकद्वारा मूल्यांकन (Dental Evaluation by Dentist):

पठाइएका विवरणको आधारमा दन्त चिकित्सकले मूल्यांकन गर्छन्।  समस्याको प्रकार, गम्भीरता र आवश्यक उपचारको निर्धारण गरिन्छ।

४) परामर्श (Consultation):

भिडियो कल, अडियो कल वा च्याटमार्फत बिरामीसँग प्रत्यक्ष परामर्श दिइन्छ। रोगको बारेमा जानकारी, रोकथाम उपाय र आवश्यक औषधिको सल्लाह दिइन्छ।

५) उपचार योजना (Treatment Plan):

यदि तत्काल उपचार आवश्यक छ भने नजिकको स्वास्थ्य केन्द्र वा दन्त चिकित्सक कहाँ जानुपर्ने सल्लाह दिइन्छ। यदि समस्या सामान्य छ भने घरमै गर्ने उपायहरू बताइन्छ।

६) पछिल्लो अनुगमन (Follow-Up):

उपचारपछि पनि चिकित्सकले अनलाइनमार्फत बिरामीको स्वास्थ्यको अनुगमन गर्न सक्छन्। पुनः परामर्श आवश्यक परेमा अर्को सत्र तय गरिन्छ।

कोभिड -१९  महामारी पछि टेलिडेन्टिस्ट्री को महत्त्व
कोभिड -१९ महामारी पछि टेलिडेन्टिस्ट्रीले दन्त सेवामा पहुँच पुर्‍याउँन  महत्त्वपूर्ण भुमिका खेलेको छ । संक्रमणलाई कम गरेको साथै बिरामीलाई घर बसेर नै सेवा पुर्‍याउँन सहयोग पनि गरेको छ ।

बेफाइदाहरु
१) परामर्श मात्र हुने, पूर्ण रुपमा उपचार सेवा लिन नमिल्ने ।
२) बिरामीमा अस्पताल जाने बानी हराउन सक्ने।
३) ग्रामीण छेत्रमा मोबाईल, ईन्टरनेटको समस्या हुन सक्छ |
४) धेरै नागरिकहरुलाई डिजिटल स्वास्थ सेवाको ज्ञान् छैन ।

निस्कर्श
टेलिडेन्टिस्ट्रीको फाइदा र बेफाइदा दुबै छन् दुबैलाई अत्मासाथ गर्न सके बिरामीको बेलैमा रोगको पहिचान गरेर उपयुक्त उपचार प्रदान गर्न सकिन्छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *